शुक्रबार, ७ वैशाख २०८१

एनसेल ल्यायो‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना,आजबाट लागु हुँने

समयपोष्ट २०७४ असार १४ गते ४:५८

एनसेलले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना सार्वजनिक गरेको छ । योजना अन्र्तगत एनसेलका ग्राहकले हरेक दिन ३० दिनसम्म आकर्षक बोनस उपहारहरु प्राप्त गर्नेछन् ।

Advertisement

बुधबारबाट लागु हुने यस योजनामा सहभागि हुँन ग्राहकले एस्टि्रक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अंग्रजीमा ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस गर्दा कुनै शुल्क लाग्नेछैन । 

यो योजनामा सहभागिता जनाए पछि ग्राहकले विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।

आकर्षक उपहार अन्र्तगत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहार मध्य कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन् ।

यसरी प्राप्त उपहार ग्राहकले त्यसै दिन अर्थात रात्री १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजे पछि अघिल्लो दिनको बोनस उपहार स्वतः सकिनेछ र ग्राहकहरुले फेरी त्यस दिनको मध्यरातसम्म मान्य हुने उपहार प्राप्त गर्नेछन् ।

प्राप्त बोनस टक टाइम र एसएमएस एनसेल नेटवर्कमा मात्र लागु हुनेछ । यो योजना सुरु भएको दिन देखि ३० दिन सम्मको लागि रहनेछ र ग्राहकले एक पटक यो सेवा सुचारु गरे पछि सेवा निष्कृय गर्न मिल्नेछैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री