शुक्रबार, १६ चैत २०८०

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम

समयपोष्ट २०७४ असार ९ गते ६:०९

करीब छब्बीस बर्ष बैकिंग क्षेत्रमा रहेर काम गरेका कमल गौतमले बिमा क्षेत्र सम्हाल्ने भएका छन् । आगामी साताबाट गौतमले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन् । इन्स्योरेन्सको प्रमुख कार्यकारीको जिम्मेवारी गौतमले सम्हाल्ने सम्बन्धमा सम्झौता भैसकेको छ ।

Advertisement

गौतम इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक एनसीसी बैंकमा मर्जर भएपछि केही समय डेपुटी महाप्रबन्धको जिम्मेवारीमा काम गरेर गत जेठ दोस्रो साता एनसीसी बैंकबाट बाहिरिएका थिए ।  

गौतमले स्टाण्डर्ड चार्टर्ड बैंक (तत्कालिन ग्रिनडलेज बैंक),हिमालयन बैंक,नेपाल बंगलादेश बैंक, सनराइज बैंक ,एनआईसी एशिया बैंकमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । 

गौतमले बिमा क्षेत्र आफ्नो लागि  नितान्त नयाँ भएको बताएका छन् । ‘पेशाको दोश्रो अध्यायको सुरुआत एभरेष्ट इन्सुरेन्स कंपनि ली को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरी गर्दैछु । अनुभवका दृष्टिले बिमा मेरो लागी नितान्त नया क्षेत्र हो । मनमा नया काम प्रती उत्सुकता हुनुका साथ साथै सफलतापुर्वक जिम्वेवारी निर्वाह गर्ने चुनौती पनि उत्तिकै छ’ उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन ‘तथापी मेरो जिवनकै ठुलो कमाइ भनेकै थुप्रै स्नेही जनहरुका सहयोगी मन भएकाले अवस्य सफल हुनेछु भनी विश्वास लिएको छु । सदाझै, बिमा मार्फत पुनस् सेवा गर्ने तत्परता सहित यहॉहरू सबैबाट सहयोग को अपेक्षा राखेको छु ।’

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री