शुक्रबार, १६ चैत २०८०

एभरेष्ट ईन्स्याोरेन्सले बिक्री गर्ने भयो २० प्रतिशत बोनसपछि ६०० प्रतिशत हकप्रद सेयर

समयपोष्ट २०७४ असार २ गते ७:१२

एभरेष्ट ईन्स्योरेन्सले एकसाथ बोनस तथा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी बढाउन २० प्रतिशत बोनस सेयर र त्यसपछि ६०० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको  हो । 

Advertisement

कम्पनीको असार १ गते बसेको संचालक समिति बैठकले पाँच वटा बार्षिक साधारणसभा एकैपटक असार २३ गते आयोजना गर्ने निर्णय गर्दै बोनस तथा हकप्रदको प्रस्ताब गरेको छ ।  

१० करोड चुक्ता पूँजी रहेको कम्पनीले २०७१ चैत्र १२ गतेको साधारणसभाबाट पारित भएको १५० प्रतिशत हकप्रदलाई परिमार्जन गरी ६०० प्रतिशत हकप्रदको प्रस्ताब ल्याएको हो ।

कम्पनीको चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा एक अर्ब पुग्नुपर्नेछ । २० प्रतिशत बोनस र त्यसपछिको ६०० प्रतिशत हकप्रदले कम्पनीको पूँजी ८४ करोड पुग्नेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री