शनिबार, ८ वैशाख २०८१

टुरिजम डेभलपमेन्ट बैंकले स्थापना दिवसका अवसरमा संचालनमा ल्याएका सेवाहरु यस्ता छन्

समयपोष्ट २०७४ असार १३ गते ६:५१

टुरिजम डेभलपमेन्ट बैंकले स्थापनाको आठौ बर्ष पुरा गरेको छ । स्थापनाको आठौ बर्ष पुरा गरेको अवसरमा बैंकले विभिन्न सात योजना सार्वजनिक गरेको छ । 

Advertisement

मेगा बैंकसँग मर्जर प्रक्रियामा रहेको टुरिजम डेभलपमेन्ट बैंकले मर्जर प्रक्रिया टुङन अझै  ६ महिना लाग्ने भन्दै आधुनिक बैंकिङ प्रणालीका विभिन्न सेवा संचालनमा ल्याएको हो ।  

बैंकले स्थापना दिवसका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी महेश शर्मा ढकालले मेगा बैंकले हकप्रद सेयर जारी गर्न बाँकी रहेको र मेगासँगको मर्जरको मिति टुंगो नलागि सकेकाले बैंकले व्यवसाय विस्तारका लागि नयाँ सेवा संचालनमा ल्याएको बताए ।

बैंकले स्थापना दिवसका अवसरमा संचालनमा ल्याएका सेवाहरु

१ .ई.एम.भी. चिप प्रविधिमा आधारित भिषा डेबिट कार्ड/यूएस डलर कार्ड/अन्तराष्ट्रिय ट्राभल कार्ड जारी गरिएको

  • यी कार्डहरु विश्वव्यापी रूपमा प्रयोग गरिने अत्याधुनिक ई.एम.भी चिप प्रविधिमा आधारित भएकोले धेरै सुरक्षित छन् ।
  • भिषा डेबिट कार्ड नेपाल र भारतका एक लाखभन्दा बढी ए.टी.एम्हरुमा चल्छ ।
  • भिषा अन्तराष्ट्रिय ट्राभल कार्ड विश्वको जुनसुकै ठाउँबाट त्यहीको स्थानीय मुद्रामा पैसा निकाल्न साथै भुक्तानी गर्न सकिने । 
  • बैंकले भिषा डेबिट तथा अन्तराष्ट्रिय ट्राभल कार्ड अरु बैंकहरु भन्दा सस्तो शुल्कमा जारी गरिएको ।

२. पोईन्ट अफ् सेल्स(POS) शिन शुरु गरिएको

  • यी मेशिनहरु इ.एम.भी. चिप प्रविधिमा आधारित भएकाले कारोबार अझ सुरक्षित हुने ।
  • उक्त नयाँ सेवाबाट व्यवसायीहरुलाई आफ्नो व्यवसाय बढाउन मद्दत पुग्नेछ भने ग्राहकहरुले कुनै पनि बैंकको डेबिट÷क्रेडिट कार्डबाट सहज एवं सरल रूपमा कारोबार गर्न सक्नेछन् ।

३. स्र्माट मोबाईल बैंकिङ सेवा [TDBL BANK SMART] शुरु गरिएको 

  • यस नयाँ प्रविधिको मोबाईल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै जीपीआरएस अथवा वाईफाईबाट अब ग्राहकहरुले विश्वको कुनै पनि ठाउबाट आफ्नो खाताबाट कारोबार गर्न सक्नेछन् ।
  • बैंकका नयाँ शाखाहरु, खाताहरु, सेवा लगायत ए.टी.एम संजालको बारेमा जानकारी प्राप्त गर्न सकिने।
  • अन्तर बैंक भूक्तानी गर्न सकिने ।
  • वस्तु तथा सेवा खरिद वापत भुक्तानी गर्न सकिने ।

४. अनलाइनबाट शेयर भर्ने व्यवस्था 

  • बैंकले हाल प्रदान गर्दै आएको आस्वा सेवालाई प्रभावकारी बनाउदैं ग्राहकहरुलाई थप सुविधा दिनका लागि छिट्टै अनलाइनबाट शेयर भर्ने व्यवस्था गर्दैछ ।

५. शाखा संजाल बिस्तार योजना

  • बैंकले ८ नयाँ शाखा तथा ५ वटा थप एक्सटेन्सन काउन्टर संचालनमा ल्याउने योजना गरेको छ । 
  • बैंकले रुपन्देहीको कटैया, काठमाडौको ज्ञानेश्वर, कंचनपुरको महेन्द्रनगर र झापाको दमकमा शाखा खोल्ने प्रक्रिया शुरू गरिसकेको छ भने बाँकी शाखा तथा एक्सटेन्सन काउन्टरहरु प्रकृयामा रहेका छन् ।
  • बैंकले वित्तिय पहुंच नभएको केही स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गर्न समेत सोच बनाएको छ ।

६. परामर्श सेवा

  • बैंकले कानूनको परिधिभित्र रहेर बैदेशिक लगानीकर्ताहरुका लागि परामर्श सेवाको शुरुवात गर्ने योजना रहेको छ ।
  • यसै क्रममा बैंकले जापानी लगानीकर्ताहरुसंग छलफल गरिरहेको र छिट्टै द्विपक्षिय सहमति हुने अपेक्षा रहेको छ । 

७. बैंकका अन्य विशिष्टिकृत सेवाहरु

  • वैदेशिक मुद्रामा सबैभन्दा ठूलो आकारको कारोबार गर्ने विकास बैंक रहेको, 
  • स्विफ्ट (SWIFT), NOSTRO, INR ड्राफ्ट सेवा प्रदान गरिरहेको,
  • पर्यटन व्यवसाय प्रवद्र्घन एवं लगानीमा अग्रणी बैंक रहेको । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री