बिहीबार, १३ वैशाख २०८१

टेलिकमको नि:शुल्क वाईफाई सेवा अब सार्वजनिक सवारी साधनमा पनि

समयपोष्ट २०७४ असार १३ गते ७:१७

अब सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सञ्चालन हुने भएको छ । टेलिकमले साइबरनेटिक्ससँगको सहकार्यमा मुलुकभर सञ्चालनमा ल्याउँन लागेको यो सेवा लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीसाधनमा उपलब्ध हुनेछ ।

Advertisement

टेलिकमका अनुसार देशभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन भन्ने उद्देश्यले टेलिकम र साइबरनेटीक्स प्रालिका बीच एनटी बस इन्टरनेट सञ्चालन सम्बन्धमा सम्झौता भएको हो ।  

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्याय र साइबरनेटीक्सको तर्फबाट अध्यक्ष जेम्स न्याछ्योँले हस्ताक्षर गरे । यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि सेवा लिन सकिन्छ ।

यात्रुहरुले आफ्नो स्मार्टफोन,ल्यापटप,ट्याबलेटलगायतमा वाईफाई कनेक्ट गरी इन्टरनेट चलाउन सक्ने टेलिकमले जनाएको छ । 

उक्त सेवा सुरु गर्ने सवारीसाधनलाई एकपटकको लागि निःशुल्क रिम कार्डसहित १० जिबी डाटा टेलिकमले उपलब्ध गराउनेछ । यो इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री