बुधबार, १२ वैशाख २०८१

तोकिएको समयभित्र प्रगति बिबरण नबुझाएको भन्र्दै१ सय ५४ साना जलविद्युत आयोजनाको सर्बेक्षण अनुमति रद्द

समयपोष्ट २०७४ असार ३ गते ८:५९

विद्युत विकास विभागले १ सय ५४ वटा साना जलविद्युत आयोजनाको निर्माण प्रक्रिया रद्द गरेको छ । सर्बेक्षण अनुमति लिएर काम नगरी बसेको भन्दै विभागले एक सूचना प्रकाशित गरी जानकारी स्वीकृतिपत्र रद्द गरेको हो ।

Advertisement

विभागले २०७३ चैत २४ गते एक सूचना जारी गर्दै ३५ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको थियो । तर १ सय ५४ वटा आयोजनाले तोकिएको समयभित्र प्रगति बिबरण बुझाएनन् । बिबरण नबुझाएपछि विभागले आयोजना होल्ड गर्ने मात्रै उद्देश्य राखेको भन्दै स्वीकृति रद्द गरेको हो ।

१ मेगावाटसम्मका आयोजना सर्वेक्षण गर्नको लागि विभागले जानकारी स्वीकृति पत्र दिने गरेको छ । यसरी खारेज हुने कम्पनीमा २० वर्षदेखि ३ वर्ष अघिसम्मका छन् । विभागका अनुसार स्वीकृतिपत्र खारेज भएपछि अन्यले निबेदन दिएर अध्ययनका साथै निर्माण प्रक्रिया अघि बढाउन सक्नेछन् । 

स्वीकृतिपत्र लिएको २ वर्षपछि सर्वेक्षण, विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौताका साथै निर्माण कार्य सुरु गर्न पर्दछ । तर यी १ सय ५४ वटा आयोजनाले ती कुनै काम गरेका थिएनन् ।

स्वीकृतिपत्र रद्द हुनेमा १ मेगावाटको घट्टे खोला एसएचपि, अप्पर न्याम खोला ,कालागढ क्रिन्चे, अपर खिम्ती खोला, गुमु खोला, इदि खोला र सान्जे खोला रहेका छन् । यी बाहेक अन्य भने १ मेगावाट भन्दा साना योजना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री