बिहीबार, १५ चैत २०८०

दुई भन्दा बढी डिम्याट खाता भए बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

समयपोष्ट २०७४ असार १२ गते ५:२८

नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता भएका लगानीकर्ताहरुलाई खाता बन्द गर्न निर्देशन जारी गरेको छ । बोर्डले बिज्ञप्ती जारी गर्दै २०७४ भाद्र मसान्तसम्म दुई भन्दा बढी खाता संचालनमा रहेका भए लगानीकर्ताहरुलाई खाता बन्द गर्न निर्देशन जारी गरेको हो ।

Advertisement

हालै लागू गरिएको आस्वा प्रणाली र बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी एक ग्राहकले दुई भन्दा बढी डिम्याट खाता खोल्न नपाउने बोर्डले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

बोर्डले धितोपत्र हस्तान्तरण गर्दा शूल्क नलाग्ने व्यवस्था समेत सरोकारवाला निकायलाई भनेको छ । लगानी व्यवस्थापनको लागि खोलिएको डिम्याट खाता बन्द गरेमा उक्त खाता बन्द गर्ने जिम्मेवारी सम्बन्धित लगानी व्यवस्थापकको हुने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ । 

यसबाट डिम्याट खाता संचालन कार्य थप व्यवस्थित तथा पारदर्शी भई लगानीकर्ताको वास्तविक संख्या समेत यकिन गर्न सहज हुने बोर्डको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री