बुधबार, ५ वैशाख २०८१

दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान हुँदै

समयपोष्ट २०७४ असार १४ गते ५:३७

दोस्रो चरणको निर्वाचन अन्तर्गत सबै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ । ८ हजार ३६४ मतदान केन्द्र मध्ये केही केन्द्रमा वर्षातको कारणले मतदान शुरु हुन केही ढिलाई भए पनि बाँकी सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको हो । 

Advertisement

पूर्वी पहाडका केही स्थानमा वर्षा भइरहे पनि वर्षातका बावजुद मतदाताहरु बडो उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पंक्तिबद्ध भईरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।  आयोगका अनुसार बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको  छ ।

दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री