शनिबार, ८ वैशाख २०८१

नविल बैंकको सहकार्यमा ‘स्कुल बैंक’ कार्यक्रम सञ्चालन

समयपोष्ट २०७४ असार ९ गते ७:२०

नविल बैंकको सहकार्यमा फिनलिट नामक संस्थाले लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सञ्चालन गरिएको छ ।  

Advertisement

विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सञ्चालन गरिएको  हो ।

कार्यक्रम अन्तर्गत पहिलो चरणमा बैकको उपयोगिता, बचतबाट हुने फाइदा र निक्षेपका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गरी खुत्रुके वितरण गरिएको फिनलिटका निर्देशक प्रकाश कोइरालाले जानकारी दिए । 

कोइरालाका अनुसार, खुत्रुकेमा जम्मा भएको रकम प्रत्येक महिना नविल बैंकमा जम्मा गर्ने सम्झौता भएको छ ।

यो कार्यक्रमबाट विद्यार्थीमात्र नभई अभिभावकलाई पनि वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्च नियन्त्रणमा सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री