बिहीबार, १५ चैत २०८०

निशा र शरद विवाह बन्धनमा बाँधिदै

समयपोष्ट २०७४ असार १२ गते ७:२९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकर र कलाकार निशा अधिकारी विवाह बन्धनमा बाँधिने पक्का भएको छ ।

Advertisement

असार १८ गते यि जोडी विवाह बन्धनमा बाँधिने भएका हुन् । करीब तिन बर्षसम्म चलेको प्रेम-सम्बन्धलाई पुर्ण-बिराह्म लगाउँदै यि जोडीले विवाहको मिति तय गरेका हुन् ।

निशा स्वयंले मिडिया सामु प्रेम सम्बन्धलाई स्विकार्ने गरेको भए पनि एक समय उनले आफुहरु बिचको सम्बन्ध समाप्त भएको बताएकी थिईन् ।

सन् २००५ मा मिस इन्टरनेशनल नेपाल भएपश्चात चर्चामा आएकी निशा एकाएक मोडलिङ र टेलिभिजनमा अभिनय गर्दै फिल्ममा प्रवेश गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री