बिहीबार, १५ चैत २०८०

नेपाललाई आर्थिक प्रक्षेपण प्रणाली सुधारमा कोरियन बैंकले सहयोग गर्ने

समयपोष्ट २०७४ असार १३ गते ९:२८

कोरियन बैंक, बैंक अफ कोरियाले आर्थिक प्रक्षेपण प्रणाली, आर्थिक अनुसन्धान ढाँचा, मुद्रा व्यवस्थापन, भुक्तानी तथा राफसाफ प्रणाली कार्यानवयन, सुपरिवेक्षण तथा नियमन प्रणाली सुधारमा राष्ट्र बैंकलाई प्राविधिक सहयोग गर्ने सम्बन्धी सम्झौता गरेको छ । काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा  बिओके र राष्ट्र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो । 

Advertisement

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले आर्थिक प्रक्षेपणसम्बन्धि ढाँचा बिकास गरेको तर नेपालका केही क्षेत्रमा भरपर्दो तथ्यांकको कमी रहेको बताउँदै उनले भने ,‘हामीले हालै पनि आर्थिक प्रक्षेपणसम्बन्धि ढाँचा बिकास गरेका छौं,नेपालमा केही क्षेत्रमा भरपर्दो तथ्यांकको कमी छ,यसैबीच पनि बिओकेले हामीलाई भएकै तथ्यांकबाट थप विश्वसनीय र आधुनिक प्रक्षेपण प्रणाली अवलम्बन गर्न सहयोग गर्नेछ,’ 

बिओकेका उप महानिर्देशक चुङ सो वङले यो सम्झौता अनुसार योन्जे युनिभर्सिटी सहितको कोरियन पार्टनरसीप प्रोग्रामका टोलीले यस्तो अध्ययन गरेर केही महिनामा राष्ट्र बैंकलाई प्रतिवेदन पेश गर्ने जानकारी दिए । उनले भने,' यो प्रतिवेदन नेपालमा नै बुझाइने छ । नेपाली अर्थतन्त्रको आयाम अध्ययन गर्न हामीहरु उत्साहित छौ ' । 

सन् १९६९ यता नेपाल र कोरियाबीच कुटनितिक सम्बन्ध रहदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री