शुक्रबार, ७ वैशाख २०८१

पाए भुकम्प पिडितले ट्याक्सी नम्बर प्लेट

समयपोष्ट २०७४ असार ७ गते ११:३४

भुकम्प पिडितले बुधबारबाट ट्याक्सी नम्बर प्लेट प्राप्त गरेका छन् । यातायात व्यवस्था विभागले भुकम्प पिडितलाई ललितपुरको च्यासल मैदानमा गोला प्रथामार्फत नुवाकोट, काभ्रेलान्चोक र रामेछापका ४ सय ९१ भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरेको हो । 

Advertisement

यी तीन जिल्लाबाट कूल ४८ हजार ९ सय ६५ जनाले ट्याक्सी नम्बरको लागि अवेदन दिएका थिए । जस अनुसार काभ्रेपलान्चोकका २० हजार २७ जनाले आवेदन दिएकोमा २ सय १ पिडितले, नुवाकोटबाट १२ हजार ४ सय ७१ आवेदन दिएकोमा १ सय २५ जनाले र रामेछापबाट १६ हजार ४ सय ६७ आवेदन दिएकोमा १ सय ६५ जनाले ट्याक्सी नम्बर प्लेट पाउने भएका हुन् ।

गोलाप्रथा गर्दा कुनै जिल्लाको पिडितलाई धेरै र कुनै जिल्लाको पिडितलाई थोरै पर्न सक्ने सम्भावनाको कारण विभागले आवेदन परेको संख्याको आधारमा निश्चित कोटा समेत निर्धारण गरेको छ ।

 बाँकी ११ जिल्लाका पिडितलाई भने बिहिबार र शुक्रबार वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।  बिहीबार सिन्धुपाल्चोक, सिन्धुली र दोलखाका ५ सय १३ जनाले नम्बर प्लेट पाउनेछन् भने शुक्रबार ओखलढुङ्गा,मकवानपुर, धदिङ, रसुवा,गोरखा, काठमाडौं, ललितपुर र भक्तपुर गरी ८ जिल्लाका ४ सय ९६ भुकम्प पिडितलाई नम्बर प्लेट उपलब्ध गराईनेछ । 

विभागले गत चैत २६ गते नै नम्बर वितरण गर्ने भनेपनि पहिलो चरणको स्थानिय तह निर्वाचनको कारण रोकिएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री