शुक्रबार, १६ चैत २०८०

पुन:१ अर्ब रुपैयाँ बराबरको एफपिओ निश्कासन गर्ने शिखर इन्स्योरेन्सको योजना

समयपोष्ट २०७४ असार १२ गते ८:४९

शिखर इन्स्योरेन्सले १ अर्ब रुपैयाँ बराबरको एफपिओ निश्कासन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको बैठकले एफपिओ निश्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको एफपिओ जारी गर्ने योजना नेप्से मार्फत सार्वजनिक भएको हो । हाल शिखर इन्स्योरेन्सको चुक्ता पुँजी ८१ करोड रुपैयाँ छ ।

Advertisement

बीमा समितिले ०७५ असार मसान्तसम्ममा निर्जीबन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने ब्यवस्था गरेको छ । चुक्ता पुँजी बढाउन शिखरले चालू आर्थिक वर्षको नाफाबाट बोनस सेयर जारी गर्ने योजना समेत बीमा समितिमा बुझाएको छ ।

शिखरले यसअघि २०७२ साल मंसिरमा एफपीओ जारी गरेको थियो । कम्पनीले गत फागुनमा धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा १३ लाख ६२ हजार कित्ता सेयर एफपीओ जारी गर्नका लागि आवेदन दिइसकेको छ ।

धितोपत्र बोर्डको केही समयअघि जारी गरेको धितोपत्र दर्ता तथा निष्कासन नियवमावली–०७४ मा एकपटक एफपीओ जारी गरेको कम्पनीले कम्तिमा ५ वर्ष नपुगी फेरि एफपीओ जारी गर्न नपाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री