शुक्रबार, १४ वैशाख २०८१

सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले गर्यो रक्तदान

समयपोष्ट २०७४ जेठ २५ गते ११:५२

सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको ११औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
बिहिवार भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरी समाजले रक्तदान गरेको हो । विहान १० बजे देखि २ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रममा चर्चित संगीतकर्मिहरुले रक्तदान गरेका थिए ।

Advertisement

2

वरिष्ठ तथा चर्चित संगीतकर्मिहरु मिरा राणा, विश्व वल्लभ, डा.बम बहादुर थापा जितालि, सुरेश अधिकारीको लगायतको उपस्थितिमा चर्चित संगीत तथा गितकार महेश खड्का, लक्ष्मण शेष, भरत बमजन, विपिन किरण लगायतले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई समाजका अध्यक्ष सुरेशचन्द्र अधिकारीले प्रमाणपत्र बितरण गरेका थिए । 
रक्तदानमा जम्मा ४० पिन्ट रगत संकलन भएको ब्लड बैंकका प्राबिधिक चन्द्रा गिरीले जानकारी दिइन् । 

3

प्रतिक्रिया

सम्बन्धित सामाग्री