शुक्रबार, १४ वैशाख २०८१

सलमानले लञ्च गरे विइंग ह्युमन इ -साईकल

समयपोष्ट २०७४ जेठ २३ गते ७:००

बलिउड अभिनेता सलमान खानले विश्व पर्यावरण दिवसको अवसर पारेर विइंग ह्युमन इ-साईकल लञ्च गरेका छन् । यसको सुरुवाती मुल्य ४० हजार देखि ५७ हजार आई सि रहेको छ । 
यसलाई रेगुलर साईकल जस्तै प्याडलको सहायताले पनि चलाउँन सकिन्छ । यस साईकलाई करीब साढे एक बर्ष अघि देखि टेष्ट गरिदै आएको थियो । यस साईकले पुरा चार्ज हुँदा तिस किलोमिटरसम्म चल्ने क्षमता राख्छ । यसको टप स्पिड २५ कि.मि प्रति घण्टा रहेको छ । हेर्दा साधारण साईकल जस्तै लाग्ने यस साईकलमा चार्ड ब्याट्री प्याकको प्रयोग गरिएको छ । 

Advertisement

2

सुजुकी मोटरसाइकल इण्डियाका पुर्व एक्जीक्युटिव वाइस प्रेसिडेंट अतुल गुप्तालाई विइंग ह्युमन इ-साईकलको हेड बनाईएको छ । यो प्रोजेक्ट सलमान खानको लागि एकदम महत्वपुर्ण रहेको बताईएको छ । यस साईकलको लञ्च हुनुपुर्व सलमान र उनका टिमले निकै मेहेनत गरेका थिए । रोचक कुरा त के छ भने सलमान खान आफ्नो घर बान्द्राबाट मेहेबुब स्टुडियोसम्म सोही साईकल चढेर पुगेका थिए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री