शुक्रबार, १६ चैत २०८०

साताको पहिलो दिन सेयर परिसुचक ८.२३ अंकले बढ्यो

समयपोष्ट २०७४ असार ११ गते १०:२०

साताको पहिलो दिन आइतबार सेयर परिसुचक ८.२३ अंकले बढेको छ । आइतबार दिनभरीमा १४८ कम्पनीका ७३ करोड ९४ लाख बराबरको १५ लाख ८५ हजार कित्ता सेयर खरीद बिक्री भएको छ । 

Advertisement

आइतबार बिमा समूह ८.६९ अंकले ओरालो लागेको भएपनि बैकिङ १२.५६, होटल ११.०४, बिकास बैंक ४.४३, जलबिद्युत १ं८३, फाइनान्स २.७, उत्पादनमूलक ८.४६ र अन्य ०.८७ अंकले उकालो लाग्यो । 

आइतबार  प्रभू बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ भने लुम्बीनी जनरल इन्स्योरेन्स, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टड बैंकको सेयर पनि सबैभन्दा बढी खरीद बिक्री भएको छ । 

आइतबार  रिलायन्स फाइनान्स,.सिन्धुविकास बैंक, कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले बढी कमाए भने गुमाउँनेमा वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी,जानकी फाइनान्स लगायतका रहेका छन् ।
 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री