शुक्रबार, १६ चैत २०८०

स्प्राईट पिउँनुहोस् , हरेक घण्टा सामसुङ जे टु मोवाईल जित्नुहोस्

समयपोष्ट २०७४ असार ४ गते ९:३८

गर्मी मौसमको सुरुवातसँगै कोकाकोला नेपालले हरेक एक घण्टा उपहार जित्ने अफर सार्वजनिक गरेको छ । कोकाकोलाको यस अफरमा  ग्राहकले हरेक घण्टा सामसुङ जे टुलगायत अन्य थुप्रै आकर्षक उपहार जित्ने मौका पाउँनेछन् । 

Advertisement

शनिबारदेखि लागु भएको यो अफर साउन १४ सम्म जारी रहने कम्पनीले जानकारी दिएको छ ।

५०० मिलि, १.५ लिटर र २.२५ लिटर स्प्राईटका साथै कोका-कोला र फ्यान्टाको खरिद गर्ने ग्राहक यस अफरमा सहभागी हुन सक्नेछन् ।

अफरमा सहभागीताका लागि एसपी -स्पेस लेवल पछाडिको युनिक कोड टाईप गरि ३७७२२ मा एसएमएस गर्नुपर्नेछ । 

प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म लक्की -ड्र गरि हरेक घण्टा १ बिजेता छानिने छ । ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री