मंगलबार, ११ वैशाख २०८१

हिमेशले लिए डिभोर्स ,सोनिया कपुरको कारण टुट्यो २३ बर्षिय सम्बन्ध

समयपोष्ट २०७४ जेठ २५ गते ५:५७

चर्चित भारतीय गायक हिमेश रेसमिया र उनकी पत्नी कोमल रेसमिया कानुनी रुपमा अलग भएका छन् । करीब २३ बर्षिय सम्बन्धलाई तोड्दै यि जोडी मंगलबार अलग भएका हुन् । सन् २०१६ ,डिसेम्बरमा यि दुईले डिभोर्सको लागि मुम्बईको बान्द्रा फ्यामली कोर्टमा निवेदन दिएका थिए । निवेदन दिएको करीब ६ महिनापछि अदालतले यि जोडीलाई बैधानिक रुपमा अलग हुने बाटो खुल्ला गरिदिएको हो । 

Advertisement

डिभोर्स पश्च्यात यि जोडीले आपसि राजी खुसिमै आफुहरु अलग भएको बताएका छन् । डिभोर्स पछि सञ्चार माध्यमसंग कुरा गर्दै हिमेशले भने,'यो निर्णयले हामीहरुको सम्बन्धमा केही समस्या पारेको छैन ,हामी दुवैको परिवारले हाम्रो निर्णयलाई सम्मान गरेको छ । कोमल सधै मेरो र म सधै कोमलको परिवारको एक हिस्सा बनिरहनेछु' । 

कोमलले पनि आफुहरु एक अर्कालाई सम्मान गर्ने हुँदा अलग हुँने निर्णय दुबैले मिलेर लिएको प्रतिकृया सञ्चार माध्यमलाई दिईन् । उनले एक अर्कालाई सम्मान गर्दै एक अर्काको परिवारको हिस्सा बनिरहने बताईन् । 

हिमेश र टेलिभिजन एक्ट्रेस सोनिया कपुरबिच अफयेरको हल्लाले एक समय निकै चर्चा पाएको थियो । कोमलले आफुहरुबिच डिभोर्स हुनुको कारण सोनिया नभएको समेत स्पष्ट पारिन् । उनले आफ्नी छोरी र उनको परिवारका सदस्यले सोनियालाई निकै रुचाउँने बताईन् । यि दुई जोडी डिभोर्स पछि पनि एउटै भवनमा रहने बताईएको छ । 
एजेन्सी


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री