शनिबार, १५ वैशाख २०८१

लैनचौरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

समयपोष्ट २०७४ पुष १७ गते ५:४२

लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

आज बिहान ४ः०० बजे लैनचौरमा बा९०प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा ५ः१५ बजे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री