बिहीबार, १५ चैत २०८०

एमाले–माओवादी एकता संयोजन समिति बैठक बस्दै

समयपोष्ट २०७४ माघ ७ गते ५:०६

एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आज बस्ने भएको छ ।  एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार दिउँसो ३ बजे बस्ने भएको हो ।

Advertisement

बैठकमा दुई पार्टी एकताको टुङ्गो लगाउन कार्यदल गठन गर्ने बताईएको छ ।  बैठकमा यसअघि गठन भएको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा तयार पारेको प्रतिवेदन पेश गर्नेछ ।

सो प्रतिवेदन एकता संयोजन समितिको बैठकमा छलफलपश्चात पारित गर्ने तयारी भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री