शनिबार, ८ वैशाख २०८१

ओलीलाई मोदीले फोन गरेर भने- प्रधानमन्त्रीका रुपमा भारतमा स्वागत गर्न प्रतिक्षारत छौ

समयपोष्ट २०७४ माघ ८ गते ६:४३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  टेलिफोन  गरेका छन् ।

Advertisement

ओलीको सचिवालयका अनुसार आईतबार अपराह्न मोदीले टेलिफोन गरी  ओलीलाई  भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् । साथै टेलिफोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको थियो ।

 

मोदीले  ओलीलाई प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि  भारतमा नेपालका  प्रधानमन्त्रीका रुपमा  स्वागत गर्न प्रतिक्षारत रहेको बताए ।

यसैगरी ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिए ।

यसअघि चुनावपछि मोदीले कांग्रेस सभापति  तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए।

कुनै उल्लेखनीय राजनीतिक घटनाक्रम विकसित नभई आइतवार भारतीय प्रधानमन्त्री मोदीले जसरी एमाले अध्यक्ष ओलीलाई फोन गरे । यसले कुटनीतिकवृतमा केही प्रश्न उब्जाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री