बिहीबार, १३ वैशाख २०८१

तरकारीवालीको अभिनय रहेको चलचित्र ‘लम्फु’ का गीत यस्ता छन

समयपोष्ट २०७४ माघ १७ गते ४:१०

तरकारीवालीको परिचयबाट चिनिएकी कुशुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फु’ का गीत सार्वजनिक गरिएको छ ।

Advertisement

निर्माण युनिटले चलचित्रका अडियो गीतहरु जुबक्स मार्फत सार्वजनिक गरेको हो । चलचित्रमा ‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका ४ गीत रहेका छन् ।

ती चारै गीतमा अर्जुन पोखरेको संगीत छ, भने स्वर प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको रहेको छ । गीतले माया प्रेममा, रोमान्स, वियोग तथा युवा अवस्थाको जिन्दगी प्रस्तुत गर्नेछ ।

गोपाल चन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव–नायक कबिर खड्काले डेब्यू गर्दैछन् । कबिरसहित चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीउर्फ कुशुमले यसै चलचित्रबाट अभिनयमा डेब्यू गरेकी हुन् ।

चलचित्रले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । ‘लम्फू’ पपुलर मल्टिमिडियाको लागि शक्तिबल्लभ घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री