बिहीबार, १३ वैशाख २०८१

बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै क्लीकमा

समयपोष्ट २०७४ माघ १७ गते ५:२४

ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियलनोटिसेस् डट कम (www.financialnotices.com) सञ्चालनमा ल्याएको छ ।

Advertisement

सबै बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना, एउटै अनलाईनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियलनोटिसेस् डट कम सञ्चालनमा ल्याईएको हो ।

नेपाल भरिका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, बीमा कम्पनी र सहकारी संस्थाहरुको सम्पूर्ण सूचना तथा जानकारीहरु, शेयर सम्बन्धी सूचना, जागिर सम्बन्धी सूचना, ब्याजदर, कर्जा भुक्तानी, आर्थिक रिपोर्टहरू, इ–बैंकिङ्ग सेवा÷सुविधा, विलय सूचना, बोलपत्र आह्वानको सूचना जस्ता सम्पूर्ण सूचनाहरु समावेश गरिएको अनलाईनका सञ्चालक प्रकाश अर्यालले जानकारी दिए ।

‘फाइनेन्सियलनोटिसेस् डट कमको सदस्य बनेका बैंक तथा वित्तीय संस्थाहरूले यस वेब पोर्टलमा नियमित रुपमा आफ्नो सूचना तथा जानकारी अपलोड गर्न सक्दछन् । ग्राहक वा प्रयोगकर्ताहरूले निःशुल्करुपमा आफुले चाहेको बैंक तथा वित्तीय संस्थाहरुको सूचना तथा जानकारी हेर्न, डाउनलोड गर्न, प्रिन्ट गर्न र सामाजिक सञ्जाल मार्फत सेयर गर्न सक्दछन्’ सञ्चलक प्रकाश अर्यालले भने ‘सबै प्रयोगकर्ता वा ग्राहकहरुले आफ्नो ईमेल ठेगाना सब्स्क्राइब गरी दैनिक रुपमा यस वेव पोर्टलमा प्राप्त भएका सूचनाहरु आफ्नो ईमेल ठेगानामा प्राप्त गर्न सक्दछन ।’

विश्वास र प्रतिबद्धताको आधारमा ग्राहक र बैंक तथा वित्तीय संस्थाहरू बीच दीगो सम्बन्ध स्थापीत गरी वित्तीय साक्षरता प्रदान गर्न फानान्सियलनोटिसेस् डट कमले सहयोग पु¥याउने उनको दावी छ ।

यस वेव पोर्टललाई प्रत्येक नागरिकहरूकोे आफ्नो आर्थिक सूचनाको हक सम्बन्धी अधिकार प्राप्त गर्ने उपयुक्त माध्यमको रुपमा स्थापित गर्ने कम्पनीको संकल्प रहेको छ । यसको माध्यमबाट विगत र वर्तमान समयका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक सूचना तथा जानकारीहरु छोटो अवधीमा एकै ठाउँमा ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सम्पूर्ण सूचना तथा जानकारीहरु सजिलै प्रदान गरी दीगो रूपमा आफ्ना ग्राहकहरुसंग सुमधुर सम्बन्ध स्थापित गर्न, सामाजिक उत्तरदायीत्व वहन गर्न र व्यवसायीय प्रवद्र्धनका लागि फाइनेन्सियलनोटिसेस् डट कम महत्वपूर्ण पल्याटर्फम हुने कम्पनिले बिश्वास लिएको छ ।

ग्राहक वा प्रयोगकर्ताहरुले आफुले चाहेको बैंक तथा वित्तीय संस्थाहरुको सूचना तथा जानकारीहरु हेर्नका लागि विभिन्न पत्र–पत्रिका हेर्नुपर्ने, सम्बन्धीत वित्तीय संस्था वा पत्रपत्रिकाको वेव पोर्टलहरु भिजिट गर्नुपर्ने झन्झटबाट मुक्त हुने र ब्यस्त समयको बचत हुने कम्पनीको दावी हरेको छ ।
सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले सिधै फाइनेन्सियलनोटिसेस् डट कममा क्लीक गरी सजिलै रजिष्ट्रर, लगिन गर्न सक्नेछन र सुरुको एक महिना निःशुल्क रुपमा आफ्नो सूचनाहरु अपलोड गर्न पाउने सुविधा कम्पनीले प्रदान गरेको छ । एक महिना समाप्त भएपछी स–शुल्करुपमा ६ महिनाको सिल्भर प्यानकेज र एक वर्षको गोल्ड प्याकेज गरी दुई ओटा मध्य एक छनोट गरी आफ्नो सूचनाहरु सजिलै अपलोड गर्न सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री