शनिबार, १५ वैशाख २०८१

अब मोबाइलमा ब्यालेन्स सकिएपनि फोन नकाटिने, यस्ता छन् टेलिकमले आज सार्वजनीक गरेका अन्य सुविधा

समयपोष्ट २०७४ माघ २२ गते ८:३३

नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिक उत्सवको अवसर पारेर  नयाँ  योजना सार्वजनिक गरेको छ । कम्पनीले आजबाट नमस्ते क्रेडिट सुरु गरेको हो । यस योजना अन्र्तगत प्रिपेड प्रयोगकर्ताहरुले फोनमा कुरा गरिरहदा  ब्यालेन्स सकिएको खण्डमा समेत कल काटिने छैन् ।

Advertisement

त्यसरी फोन गर्दा लागेको शूल्क पछि रिचार्ज गर्दा काटिने टेलिकमले जनाएको छ। रिचार्ज गरेपछि फोनमा खर्च भएको रकम मात्रै कटौती हुने र अन्य थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ।

यस योजनाको व्यवसायिक सुरुवात भने एक महिनापछि बाट मात्र हुने कम्पनीले स्पष्ट पारेको छ।

यससंगै कम्पनीले आजैबाट अन्य विभिन्न योजनाहरु सार्वजनीक गरेको छ ।  टेलिकमले आजैबाट एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति  गर्ने जनाएको छ ।

यस्तै क्रस बिलिङअन्तर्गत माघ २५ देखि ३ महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गराउने छ ।

यस्तै माघ २३ देखि माघ २९ सम्म रु. ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत रु. ५०० र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ ।

यसैगरी पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि वैशाख २५ सम्म रु २.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरू ल्याइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय आगमन कलमा ७ खदिनमा ७ मिनेटभन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ ।

कम्पनीले जीएसएम सेवातर्फ २३ माघदेखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राति १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु. ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु. ५० र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु. १५ शुल्क तोकेको छ ।

यस्तै २५ माघ देखि २५ वैशाखसम्म विभिन्न ‘स्प्रिङ अफर’ प्याकेजहरू ल्याउने पनि टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री