शुक्रबार, ७ वैशाख २०८१

‘मेरो दाबी सभामुखमा होइन, पार्टीको संसदीय दलको नेतामा हो’

समयपोष्ट २०७४ माघ २३ गते ७:२८

नेकपा (एमाले)का नेता तथा प्रदेश नं ६ का सांसद प्रकाश ज्वालाले आफू सभामुखको आकाङ्क्षी नभएको बताउनुभएको छ ।

Advertisement

माघ २९ गते निर्वाचन हुने कार्य सूची तयार गरिएको यो प्रदेशको सभामुखको निर्वाचनका लागि आफ्नो उम्मेदवारी नरहने उहाँको भनाइ छ । रासससँग कुरा गर्दै सांसद् ज्वालाले भन्नुभयो, “मेरो दाबी सभामुखमा होइन, पार्टीको संसदीय दलको नेतामा हो ।” उहाँले जोड दिनुभयो, “म दलकै नेता भएर संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्छु ।”

राष्ट्रियसभाको चुनावलगत्तै बस्ने संसदीय दलको बैठकले सहमतिमै संसदीय दलको नेता चयन गर्ने तर सहमति नभए त्यसको विकल्पमा जान सकिने उहाँले बताउनुभयो ।
नेकपा (एमाले)भित्र संसदीय दलको नेताका लागि पार्टीका ६ नं प्रदेश सहसंयोजक तथा सुर्खेतका संसद् यामलाल कँडेलले दाबी गर्दै आउनुभएको छ संसदीय दल तथा प्रदेशसभाको पहिलो बैठकमा दलका तर्फबाट उहाँले नै अगुवाइ गर्दै आउनुभएकाले दलको नेतामा उहाँकै बढी सम्भावना भएको पार्टी स्रोतले जनाएको छ ।

यो प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई मुख्यमन्त्री र एमालेलाई सभामुखको भाग परेको छ । सोहीअनुसारको प्रदेश सरकार गठनका लागि दुवै दल आन्तरिक गृहकार्यमा जुटेका छन् ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री