मंगलबार, ४ वैशाख २०८१

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन खुल्यो

समयपोष्ट २०७४ फागुन ११ गते ८:२६

सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा आयोजना गर्दै आइरहेको अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिताका लागि आवेदन फारम खुल्ला भएको छ ।

Advertisement

यसअघि कक्षा २ देखि ७  सम्म अध्ययनरत छात्राहरुमा लक्षित यो प्रतियोगितामा यस वर्षदेखि कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरुलाई पनि समावेश गरिने भएको छ ।

आगामी ५ वर्षको लागि अक्षरा स्कुलसँगका सहकार्यमा यस कार्यक्रमलाई निरनतरता दिन शुक्रवार आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्त र अक्षरा स्कुलकी संस्थापक प्राध्यापक अञ्जु भट्टराई बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आवेदन फारम यहि चैत्र ११ गते सम्म भर्न सकिनेछ र चैत्र १५ गते मंगलवार पहिलो चरणको छनौट पनि सञ्चालन गरिने छ ।

प्रतियोगीहरुको प्रशिक्षण १६ चैतबाट शुरु गरिने छ । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकास सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षणसम्बन्धि विज्ञबाट गराईने पनि वन्तले जानकारी गराए ।

प्रतियोगीहरुलाई साँगा स्थित काठमाडौं फन भ्यालीमा पौडी, नारायणहिटि दरवार संग्राहालय, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखान अपाङ्ग वालगृह, एभीयसन म्यूजीयम, चन्द्रागिरी केवलकार भ्रमण, घोडाचडी, वोटीङ गराउने साथै विभिन्न स्थानको भ्रमण गराईने छ ।

यस प्रतियोगीतामा प्रतीयोगीहरुको विभिन्न आन्तरीक प्रतिभाहरु विच पनि प्रतियोगीतात्मक कार्यक्रमहरु गरी विभिन्न विधामा पुरस्कृत पनि गरीने छ जस्तै नृत्य गायन वक्तित्वकला, आर्ट पेन्टिङ र विभिन्न मनोरन्जनात्मक खेलहरुमा सहभागी गराइने छ । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् ।

यो प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको ड्रेस डिजाईन अफिसियल डिजाईनरको रुपमा भुमी कलेक्सनले गर्नेछ ।

अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८ को चयन भने ९ र १० बैशाखमा जमलस्थित नाचघरमा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेस–२०१८की वितेजाले साइकल, मोवाईल, ट्याव लगायतका विभिन्न उपहार प्राप्त गर्ने छिन् । सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् ।

प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री