बिहीबार, १३ वैशाख २०८१

ओस्कार अवार्ड : ‘सेप अफ वाटर’ सर्वोत्कृष्ट घोषित (फोटोफिचर )

समयपोष्ट २०७४ फागुन २१ गते ७:१०

सन् २०१८ को ९० औँ ओस्कार अवार्ड ‘द सेप अफ वाटर’ फिल्मले जितेको छ । लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्वधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । फिल्मले चार अवार्ड जितेको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

Advertisement

‘डार्केस्ट आवर’ बाट गेरी ओल्डम्यानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यसैगरी फ्रान्सेस म्याकडोरम्यान्डले ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रमा स्पेनिस भाषाको ‘द फेन्टास्टिक वुमेन’ ले हात पारेको छ ।

अन्य प्रमुख विधाका विजेताहरु

सर्वोत्कृष्ट सहायक अभिनेताः साम रकवेल (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी)

सर्वोत्कृष्ट सहायक अभिनेत्रीः ऐलीसन जेनी (आई तोन्या)

सर्वोत्कृष्ट सम्पादनः डनकर्क (ली स्मिथ)

सर्वोत्कृष्ट डकुमेन्ट्री (फीचर): डनकर्क (ली स्मिथ)

सर्वोत्कृष्ट ध्वनी सम्पादनः डनकर्क (रिचर्ड किङ र एलेक्स गिबसन)

सर्वोत्कृष्ट साउन्ड मिक्सिङः डनकर्क

मौलिक पटकथाः गेट आउट, जोर्डन पीले

प्रोडक्सन डिजाइनः द सेप अफ वाटर

विदेशी भाषाको चलचित्रः अ फेन्टास्टिक वुमेन

एनिमेटेड फिचर फिल्मः कोको

भिजुअल इफेक्ट्सः ब्लेड रनर २०४९

बेस्ट डकुमेन्ट्री शर्टः हेवन इज द ट्राफिक जेम अन द ४०५ फ्रैर स्टेफेल)

एडेप्टेड स्क्रीनप्लेः कल मि बाई योर नेम (जेम्स इवोरी)
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री