शनिबार, १५ वैशाख २०८१

यामाहाले ‘स्कुटर डे’ को अवसर पारेर यस्तो सुविधा दिदैँ

समयपोष्ट २०७४ फागुन २२ गते ८:२२

यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो । ‘स्कुटर डे’ यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा भएको कम्पनीले जनाएको छ ।

Advertisement

स्कुटर डेका अवसरमा यामाहाले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । उक्त दिन कम्पनीले देशभर यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर नि:शुल्क वास गर्न सक्ने जनाएको छ ।

‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्ने जनाएको छ । साथै कम्पनीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

‘स्कुटर डे’मा यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडिबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको आयोजना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री