बिहीबार, २० वैशाख २०८१

मेक अप गर्न सिकाउँने यस्तो छ स्मार्ट ऐना

समयपोष्ट २०७४ फागुन २२ गते ९:२१

अमेरिकाको एक कम्पनीले स्मार्ट ऐना तयार गरेको छ । अमेरिकाको लस एन्जलसमा रहेको मरर नामक कम्पनीले एउटा स्मार्ट ऐना तयार गरेको हो । यसको सुरुवाती मूल्य ९९ डलर वा ७१ युरो तोकिएको छ ।

Advertisement

यो ऐना मेक अप सहयोगी हुँने कम्पनीले जनाएको छ । अर्थात यसले अनुहारको अवस्था बताउनुका साथै मेक अप गर्न सिकाउँछ ।

ऐनाका विशेषता

यो ऐनाले अनुहार मात्र होइन मुटुको धड्कन समेत नाप्न सक्छ । यस ऐनामा जर्मनीको इन्फिनन टेक्नोलोजीज एजीको थ्रीडी क्यामेरा र राडार चिप्स प्रयोग गरिएको छ । ऐनाले हिँडेका बेला मुटुको गति कति छ भन्ने पनि जानकारी गराउँछ ।

उत्पादकले स्‍मार्ट ऐना बिक्रीको सबैभन्दा ठूलो आधार तस्वीर खिचेर मानिसको अनुहारको छालाको विश्लेषण गर्ने विशेषतालाई लिएको छ । यस ऐनाको माथिल्लो भागमा रहेको क्यामेराले एउटा सेल्फी खिच्नेछ र ती विवरणहरुको आधारमा विश्लेषण गर्न थाल्छ । यसले अनुहारको छाला कालो, चाउरी परेको, आदि के कस्तो विशेषता छ सबै बताइदिनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री