शुक्रबार, ७ वैशाख २०८१

नियमावली मस्यौदा समिति गठन

समयपोष्ट २०७४ फागुन २२ गते १३:१०

राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ ।

Advertisement

समिति बढीमा नौ सदस्यीय हुनेछ । समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी थापा, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, जीवन बुढा, प्रमिला कुमारी र वृषेशचन्द्र लाल सदस्य हुनुहुन्छ ।

यसअघि खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सदस्य प्रकाश पन्थ र कालीबहादुर मल्लले समर्थन गर्नुभएको थियो ।

राष्ट्रियसभा अध्यक्ष निर्वाचन बुधबार
बैठकले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति यही फागुन ३० गतेका लागि तोकेको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री