शनिबार, ८ वैशाख २०८१

नीर शाहले शिल्पालाई सोधे : ‘पूर्ण छविराज कहिले बन्ने ?’

समयपोष्ट २०७४ फागुन २४ गते १६:२१

बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले नायिका शिल्पा पोखरेलको खुलेर तारिफ गरेका छन ।

Advertisement

फिल्म मंगलमको पर्ख पर्ख मायालुु बोलको गीतलाई युट्युबमा करोड पटक हेरिएको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै शाहले नायिका पोखरेलको तारिफ गरेका हुन् ।

शाहले उनलाई आधा छविराज ओझा भइसकेको बताए । उनले भने, ‘उहाँलाई छविराज जीको संगतले फिल्मप्रति कत्तिको चलचित्रात्मक हुनुपर्छ भन्ने व्यक्तिको रुपमा रुपान्तरित गरिसकेको छ । शिल्पा जी आधा छविराज ओझा भइसक्नुभएको छ । अब पूर्ण छविराज ओझा जी कहिले हुनुहुन्छ त्यसको प्रतिक्षामा हामी छौं ।’

उनले यति भनेपछि कार्यक्रम हल हाँसो र तालीले गुञ्जियो । शिल्पा र छविराजको विवाहको प्रशंगलाई उनले कोट्याउन खोजेका थिए । उनी भन्न खोज्दै थिए चाँडै दुलहा९दुलही भएको सुन्न पाइयोस् । नीर फिल्म मंगलमका प्रमुख कलाकार हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री