शुक्रबार, १४ वैशाख २०८१

सभामुख पदमा महराको उम्मेदवारी दर्ता

समयपोष्ट २०७४ फागुन २५ गते ६:५९

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

Advertisement

केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको उम्मेदवारीलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गर्नुभएको छ ।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्र्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री