मंगलबार, ४ वैशाख २०८१

जब अण्डा भित्रै भेटियो अर्को अण्डा…..

समयपोष्ट २०७४ फागुन २७ गते ६:०८

कुखुराको एउटा अण्डा भित्र अर्को अण्डा फेला परेको छ । अष्ट्रेलियाको स्टागमेन्स एग्स फार्मको कुखुराले अण्डा भित्र अर्को अण्डा पारेको फेला परेको हो ।

Advertisement

सामान्य अण्डाभन्दा तिनगुणा ठूलो त्यस अण्डा जब फुटाइयो त्यसभित्र अर्को सामान्य आकारको अण्डा पर्यो । भित्र अर्को अण्डा रहेको ठूलो अण्डाको तौल १७६ ग्राम थियो । जबकी सामान्य अण्डाको तौल औषतमा ५८ ग्राम हुन्छ ।

स्मरण रहोस् यो कुखुरा फार्म १९२३ देखि सञ्चालन छ र यस्तो आश्चर्यजनक अण्डा आफुले पहिलोपटक देखेको अण्डा फार्मका कर्मचारीहरु बताउँछन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री