बिहीबार, १३ वैशाख २०८१

दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन

समयपोष्ट २०७४ फागुन २७ गते ७:१३

काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
टिपरको ठक्करबाट मा मृत्यु हुने नौ जना रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

Advertisement

नब्बे प्रतिशत दुर्घटना चालकको लापरबाही र एकले अर्कालाई उछिन्दा हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताउनुभयो ।
“दुर्घटनाको न्यूनीकरण गर्न विद्यालयस्तरीय कार्यक्रम चलाए पनि प्रभावकारी भने बन्न सकेको छैन”, मल्लले भन्नुभयो ।

ती दुर्घटना ट्राफिक प्रहरी परिचालन गरिएका ठाउँ अरनिको राजमार्ग र बिपी राजमार्गमा भन्दा अन्य ग्रामीण क्षेत्रमा बढी भएको बताइएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ‘एक मिनेट चालकसँग र दुई मिनेट यात्रुसँग’ भन्ने अभियानसमेत सञ्चालन गरेको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री