SAMAYAPOST

अस्वस्थ प्रतिस्पर्धाले सञ्चालन जोखिम अत्यन्तै उच्च हुन्छ : युनाइटेड इन्स्योरेन्सका सिइओ शेखर बरालको अन्तर्वार्ता

    

युनाइटेड इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

हाम्रो कम्पनीलाई भूकम्पले अलिकति अप्ठेरोमा पारेको छ । २०७२–७३ को एजीएम हामीले भर्खरै सम्पन्न ग¥यौँ । यसमा बीमा समितिको निर्देशनअनुसार भूकम्पमा भएका क्षतिहरूको रिइन्स्योरेन्स कम्पनीहरूसँग हामीले समयमै प्रपर सेटलमेन्ट गर्न नसकेको कारणले गर्दा प्रोभिजन गर्नुप¥यो । लगभग २५–२६ करोड रूपैयाँ नेट लसको स्थिति रह्यो । नेगेटिभको अवस्थामा भए पनि हामीले एजीएम ग¥यौँ । तर त्यो अवस्थालाई हामीले धेरैनै सुधारिसकेका छौँ । त्यसमध्येबाट आउनुपर्ने लगभग २६–२७ करोड रूपैयाँ आइसकेको छ । अरू पनि ८–१० करोड रूपैयाँ आउने प्रक्रियामा छ । आउँदा दिनहरूको हाम्रा फाइनान्सियल इन्डिकेटरहरू एकदम स्ट्रङ हुन्छन् ।

त्यो बाहेक हाम्रो गएका तीन–चार वर्षको इन्डिकेटरहरू हेर्ने हो भने ती अत्यन्तै सकारात्मक वृद्धिमा छन् । हाम्रो व्यवसाय पनि केही मात्रामा बढेकै छ । लिक्विडीटी कन्डिसन, बीमाका सूचकहरू ती सबै सकारात्मक दिशातर्फ अगाडि बढेका छन् । तर हामीले त्यसलाई सेयर होल्डर फन्डमा व्यालेन्ससिटमा त्यसको रिलेक्सन ल्याउन सकेका छैनौँ । हामी आगामी दिनमा त्यसलाई करेक्सन गरेर अगाडि बढ्छौँ ।

पुँजी बढाउन १० प्रतिशत बोनसपछि सतप्रतिशत राइटको प्रस्ताव बीमा समितिले फिर्ता गरेको छ । अब तोकिएको समयमा पुँजी पुर्याउन कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

हामीले १० प्रतिशत बोनस र सतप्रतिशत हकप्रदको जुन व्यालेन्ससिट बीमा समितिमा बुझाएका थियौँ, रिइन्स्योरेन्सको कारणले गर्दा बीमा समितिले त्यो भएन, मिलाएर लिएर आउनुहोस् भनेर फर्काइदियो । अहिले हाम्रो ३० करोड २४ लाखको पुँजी छ । २०७५ सालको व्यालेन्ससिटमा हामीले १ अर्बको पुँजी पु¥याउनुपर्ने छ । यसको निश्चित छलफल हाम्रो सञ्चालक समितिमा भएको छ । पुँजी कसरी पु¥याउने त एफपीओ जारी गर्ने हो कि, विदेशी पार्टनरहरू लिएर आउने कि, नयाँ ग्रुपलाई क्यापिटल हालेर आऊ भन्ने हो कि, हकप्रदमा जाने हो कि यी सम्भावनाहरूमा छलफल भइरहेको छ । हामी छिट्टै नै के गर्ने निर्णयमा पुग्छौँ, त्यसको जानकारी सम्बन्धित नियामक निकायहरूमा गर्छौं ।

अहिले बीमा क्षेत्रमा नयाँ कम्पनीहरू आएका छन् । यसले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा चलेको छ । कर्मचारी तानातानको अवस्था छ, यसले कस्तो असर गर्ला ?

अत्यन्तै गलत प्रतिस्पर्धा भएको छ, यसले दूरगामी असर गर्छ । तर यसले बीमा कम्पनीहरूलाई कतातिर लैजाला भन्नेमा हामीले पूर्वानुमान गर्न सक्दैनौँ । कुनै पनि कम्पनी र त्यहाँका कर्मचारीको ग्रोथ प्राकृतिक हुनुपर्छ । नभए सञ्चालन जोखिम अत्यन्तै उच्च भएर जान्छ । हामीले उचित समयमा कर्मचारीहरूलाई ट्रेनिङ दिनुपर्ने हुन्छ । उनीहरूलाई ग्रुम गर्नुपर्ने हुन्छ । त्यो भन्दा अगाडि हामीले उनीहरूलाई ठूला तह र जिम्मेवारी दिन थाल्यौँ भने त्यसले सञ्चालन जोखिम बढाउँछ । त्यो सञ्चालन जोखिम बीमा कम्पनीहरूको हकमा अत्यन्त धेरै हुन्छ । यसलाई हामीले नियन्त्रण गर्न सकेका छैनौँ ।

कर्मचारीहरू राम्रो अवसर, तलब प्याकेजहरू पाइन्छ भने उनीहरू पक्कै पनि अर्को कम्पनीमा जान्छन् । त्यसमा उनीहरूलाई दोष दिन आवश्यक छैन । कस्तो कर्मचारी लिने, कुन लेबलको, कति अनुभव भएको लिने भन्नेमा हामी आफैँले हेर्नुपर्छ । त्यो अलिकति मिसम्याज भइरहेको छ, त्यसमा ठूलो थ्रेट छ हामीलाई । अरू कम्पनीहरू आएको कारणले गर्दा निर्जीवन बीमा कम्पनीहरूलाई त खासै असर गरेको छैन । जीवन बीमा कम्पनीहरूमा केही असर गरेको होला । तीनवटा निर्जीवन बीमा कम्पनीहरूमा त्यस्तो केही असर परेको छैन ।

नेपालमा बीमाको पहुँच १० प्रतिशतमा छ भनिन्छ, अहिले नयाँ कम्पनीहरू पनि थपिएका छन् । अब बीमाको पहुँच बढाउन कसरी अगाडि
बढ्नुपर्ला ?

नयाँ बीमा कम्पनीहरू आए पनि नआए पनि बीमाको पहुँच बढाउने कुरा बीमा कम्पनीहरूले नै गर्ने हो । त्यसमा बीमा कम्पनीलाई घचघच्याउने काम भनेको बीमा समितिको हो । समितिले त्यसमा अभिभावकको भूमिका निर्वाह गरिदिनुपर्छ । बीमा भनेको मैले मात्र इन्स्योरेन्स गर्छु, मेरो मात्र खर्च गर्छु र व्यवसाय ल्याउँछु भनेर हुँदैन रहेछ । त्यसमा सामूहिक रूपमा सबै बीमा कम्पनीहरू मिलेर पहल गर्नुपर्ने रहेछ ।

बीमाको पहुँच १० प्रतिशतसम्म मात्र पुगेको भन्ने जुन कुराहरू छ, यसमा पनि इन्सुरेबल इन्ट्रेस्ट भएकोलाई हेर्नुपर्छ । जस्तो– काठमाडौँमा हेर्नुहुन्छ भने यहाँको इन्सुरेबल इन्टरेस्ट धेरै छ । यहाँ प्रतिशतको आधारमा इन्स्योरेन्सले कभर गर्यो । यहाँ पनि नेचुरल्ली धेरै नै छ । बीमा भन्ने कुरा प्राथमिकतामा कति छ । जस्तो– एउटा किसान परिवारको अथवा कुनै परिवारको बीमाको प्राथमिकता कहिले हो ? सबैभन्दा पहिले उसले गाँस, बास, कपास, छोराछोरीको शिक्षा अनि त्यसपछि सम्पत्तिको बीमा भन्ने कुरा आउँछ । माथिका केही कुरा छैनन् । तिम्रो पशुको बीमा गर भनेर कुनै किसानले गर्छ त ? सबैभन्दा पहिले त्यता जानुपर्यो । हाम्रो देशमा ७६ प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि बस्ने नै दुईवटा जिल्ला छन् भने त्यहाँ बीमा पुगेन भन्नुको अर्थ हुँदैन । इन्सुरेबल इन्टेस्ट भएको जुन मार्केट छ, त्यहाँ कति भयो त्यो कुरामा अध्ययन हुनुपर्छ ।

भारतमै पनि इन्सुरेबल इन्ट्रेस्टको कुरा गर्दा २५–३० प्रतिशतभन्दा बढी छैन । त्यसरी हेर्दा हाम्रो १० प्रतिशत नराम्रो होइन । हाम्रो पनि इन्सुरेबल इन्ट्रेस्टलाई हेरेर हिसाब गर्ने हो भने २०–२५ प्रतिशत पुग्छ होला । बीमा कम्पनीहरूले जनचेतनाका कार्यक्रमहरू ल्याउनुपपर्यो । दीर्घकालीन योजनाहरू बनाउने हो भने शैक्षिक संस्थाका पाठ्यक्रममा नै बीमालाई समावेश गराउनुपर्यो । त्यति मात्र नभई हामी बीमाका कर्मचारीहरूले पनि बीमाका प्लान प्रोसिडेउरहरू लिएर ग¥यौँ भने बीमाको दायरा बढ्दै जान्छ । त्यसपछि नयाँ प्रडक्टहरू पनि लिएर आउनुपर्यो। सिम्प्लिफाई गर्नेखालका कुराहरू सहितका प्रडक्टहरू लिएर जानुपर्यो, जुन अशिक्षित, गरीबहरूले पनि बुझ्न सकून् । तर यो तुरुन्त हुने कुरा होइन, त्यसको लागि समय लाग्छ । त्यसमा निरन्तर लागिरहनु भने पर्छ । त्यो गर्न हामीले कोसिस गरेका छौँ तर गर्न सकिरहेका छैनौँ ।

दाबी भुक्तानीमा हुने झन्झटले पनि मानिसहरू बीमाप्रति आकर्षित हुन सकेका छैनने भन्ने सुनिन्छ । दाबी भुक्तानीलाई सहज र छिटो बनाउन के गर्नुपर्छ ?

हामीले पनि कहिलेकाहीँ यो अलिकति लामो प्रक्रिया भयो कि, अलि बढी नै कागजातहरू माग्यौँ कि भनेर रियलाइज गर्ने गरेका छौँ । तर सँगसँगै के बिर्सन हुँदैन भने पैसा भनेको कसैले व्यक्तिगत रूपमा खल्तीबाट निकालेर दिने होइन । यो त सबै जनताबाट सङ्कलन गरेर त्यो पैसालाई मोबिलाइज गर्ने हो । कुनै पनि इन्स्योरेन्स कम्पनीले दाबीलाई स्वीकृत गर्दा आफ्नो सिग्नेचरको मिसयुजले आफू ठगिएको महसुस गर्न नपरोस् भन्ने चाहन्छ, म पनि त्यही चाहन्छु । त्यसको लागि हामीले सर्टेन डकुमेन्ट माग्छौँ र त्यो दिनुपर्छ । त्यसमा कि बीमा कम्पनीले यी–यी डकुमेन्ट भए पुग्छ, यसलाई यतिसम्म भए पुग्छ भन्नेखालको कुरा आउनुपर्यो। होइन भने मैले कुनै नोक्सानको भुक्तानी गर्दा म आफू पक्का हुनुपर्यो । नभए भोलि दोष त मलाई आउँछ । त्यसको लागि आवश्यक कागजात त मैलै लिनुपर्यो । त्यसमा कम्पनीहरूले आ–आफ्नै रणनीतिअनुसार कसैले कम, कसैले बढी र कसैले केही रिल्याक्स गरेर गरेका हुन्छन् । तर युनाइटेडको हकमा हामीले अनावश्यक कागजातहरू मागेर ढिलो गरेका छैनौँ ।

हाम्रो सिस्टम पनि कस्तोखालको छ भने हामीकहाँ थर्ड पार्टीका केसहरू आउँछन् । जस्तो– कसैको दुर्घटना भएर थर्ड पार्टीको खुट्टा भाँचियो भने म निको भएँ, मेरो कुनै दाबीविरोध छैन भनेर मिलापत्रको कागज खोज्छौँ । कागज गरिदिनेले त्यो कागज गरिदिएन भने त पूरा प्रक्रिया नै अवरुद्ध हुन्छ । जो पीडित हो, उसले गर्दिनँ भन्न पाउँछ तर बीमा कम्पनी र बीमितलाई एक जना थर्ड पर्सनको कारणले बिग्रियो । हामीलाई त्यो कागज चाहिन्छ भनेर हामी पहिले नै भन्छौँ । हो, यस्ता–यस्ता कुराहरू छन्, जुन हामीले चाहँदा–चाहँदै पनि गर्न सकिरहेका छैनौँ ।

मृत्यु भएको केसमा हामीले १५ दिनभित्र सेटलमेन्ट गरेको केस पनि छ । गत वर्ष गाई फार्ममा ठूलो आगलागी भयो । करिब ६४–६५ लाख रूपैयाँ हामीले ४५ दिनभित्र भुक्तानी गरेका छौँ । मुख्य कुरा हामीलाई सही गर्न सजिलो गर्दिन कागजातहरू पु¥याइदिनुप¥यो । त्यसले दाबीको लागि राम्रो वातावरण तयार गरिदिन्छ ।

यस कम्पनीका नयाँ योजनाहरू के छन् ?

अहिले हामीले खासै नयाँ प्रडक्ट लञ्च गरेका छैनौँ तर प्लानमा छन् । चलनचल्तीका प्रडक्टहरूलाई लिएर हामी मार्केटमा गइरहेका छौँ ।

Back to Top