बिहीबार, १५ चैत २०८०

काँग्रेसले राष्ट्रिय सभा अध्यक्ष पनि छाड्यो, एमालेमा अझै अलमल

समयपोष्ट २०७४ फागुन २८ गते ५:२३

राष्ट्रिय सभा अध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी नदिने बताए ।

Advertisement

आगामी बुधबार दिउँसो १ बजे हुने राष्ट्रिय सभाको निर्वाचनमा बाम गठबन्धनको सहमतिअनुसार एमालेका तर्फबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने बताइएपनि एमालेले अहिले सम्म उम्मेदवार तय गरिसकेके छैन ।

एमालेमा अध्यक्ष पदका लागि पर्शुराम मेघी गुरुङ, गणेशप्रसाद तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री