शुक्रबार, १६ चैत २०८०

सामसुङको एस नाइन र एस नाइन प्लस नेपाली बजारमा , यस्ता छन् विशेषता

समयपोष्ट २०७४ फागुन २८ गते ५:४६

सामसुङले सोमबार नेपाली बजारमा दुई स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले एस नाइन र एस नाइन प्लस आज सार्वजनिक गर्ने जनाएको छ ।
कम्पनीका अनुसार यि स्मार्टफोन सोमबार सार्वजनिक गरिएपनि बजारमा आउन भने थप केहि समय लाग्ने छ ।

Advertisement

चैत्र महिना भित्र कम्पनीले यि स्मार्टफोन ग्राहकहरु समक्ष पुर्याउँने बताएको छ । फोनको बुकिङ भने सोमबारबाटै सुरु हुने सामसुङले जनाएको छ । अन्तराष्ट्रिय बजारमा भने यी फोन चैत २ गतेबाट उपलब्ध हुनेछन् ।

कैही समय अघि मात्र कम्पनीले स्पेनमा सम्पन्न फोन कम्पनीहरुको कुम्भ मेला ‘मोबाइल वल्र्ड काँग्रेस’यि दुई फोन सार्वजनिक गरेको थियो ।

दुबै फोन ६४ जीबी भेरियन्टमा उपलब्ध हुनेछन् ।

एस नाइन ५.८ इन्चको सुपर एमोलेड स्क्रिनका साथ आएको छ। फोनमा एन्ड्रोइड् ओरियोको अपरेटिङ सिस्टम, स्नापड्रागन ८४५ प्रयोग गरिएको छ।

फोनमा ३ हजार एमएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। फोनमा फास्ट चार्जिङ सिस्टम समेत रहेको कम्पनीको दाबी छ।

फोनको पछाडितर्फ एफ/१.५ र एफ/२.४ अपेचरसहित १२ मेगापिक्सेलका दुई वटा क्यामरा छन् । यसमा सेल्फीका लागि एफ/१.७ अपेचर लेन्स सहितको ८ मेगापिक्सेलको क्यामरा दिइएको छ।

पानी र धुलो प्रतिरोधात्मक यो फोन ४ जीबी र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरज भेरियन्टमा उपलब्ध हुनेछ।

फोनमा दुई वटा सिम लाग्ने, फोरके भिडियो रेर्कडिङ, बिक्सबी, आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स समेत अटाएका छन्।

यस फोन कालो रंगमा उपलब्ध हुनेछ । एस नाइनको मूल्य ८७ हजार ९ सय तथा एस नाइन प्लसको ९९ हजार ९ सय तोकिएकोे छ ।

यसैगरी एस नाइन प्लसको डिस्प्ले साइज एस नाइनको भन्दा ठूलो रहेको छ । फोनमा ६.२ इन्चको स्क्रिन छ।

फोनमा ६ जिबी र्याम छ भने ६४ जीबीको इन्टरनल स्टोरजमा बजारमा उपलब्ध हुनेछ।

यसबाहेक फोनको पछाडि एफ/१.५ अपेचर लेन्सको १२ मेगापिक्सेल र एफ/२.४ अपेचर लेन्सको १२ मेगापिक्सेल गरी दुई वटा क्यामरा छन्।

फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ। यसमा एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम र स्नापड्रागन ८४५ समावेश गरिएको छ । यसका साथै फोन पानी र धुलो प्रतिरोधात्मक छ।

फास्ट चार्जिङको सुविधासहित फोनमा ३ हजार ५ सय एमएएच पावर क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

यि बाहेक फोनमा दुई वटा सिम लाग्ने, फोरके भिडियो रेर्कडिङ, बिक्सबी, आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स रहेको छ । फोन कालो, निलो र पर्पल गरी तीन वटा रंग भेरियन्टमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री