बुधबार, १२ वैशाख २०८१

एभरेष्ट बैंकको नयाँ शाखा बनेपामा पनि

समयपोष्ट २०७४ फागुन २८ गते ७:३९

एभरेष्ट बैंकले काभ्रेको बनेपामा शाखा विस्तार गरेको छ । सोमबार काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा बनेपा शाखाको उद्घाटन गरे ।

Advertisement

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुर कृष्ण बैद्य, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, काठमाण्डौ विश्वबिद्यालय तथा धुलिखेल अस्पतालका वरिष्ठ पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो ।

देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हाल बैंकले आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री