शनिबार, ८ वैशाख २०८१

बोक्सी आरोपमा कुटपिट हुँदा पीडकलाई संरक्षण दिएको आरोप लागेका मेयर माथि गोली प्रहार

समयपोष्ट २०७४ फागुन २८ गते १५:२६

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । चौधरीलाई सोमबार साँझ उनको घरैमा

Advertisement

आएको करिब १० जनाको समूहमध्ये एकले गोली प्रहार गरेको हो ।

त्यही समूहमा रहेका अर्का व्यक्तिले चौधरीको टाउकोमा खुकुरी समेत प्रहार गरेका छन् । सुख्खडस्थित घरैमा आक्रमणबाट घाइते भएका चौधरीलाई अहिले घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीको पेट र कम्मर आसपासमा छर्रा लागेको छ ।

केही दिनअघि घोडाघोडी–५ की राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट हुदा पीडकहरुलाई संरक्षण दिएको आरोप चौधरीमाथि लागेको थियो । त्यही घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री