शनिबार, ८ वैशाख २०८१

भक्तपुरको सल्लाघारीमा महायज्ञ हुने

समयपोष्ट २०७४ फागुन २९ गते ६:१३

भक्तपुरस्थित सल्लाघारीमा स्वर्णिम श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ हुने भएको छ ।

Advertisement

चैतको चार गतेदेखि १२ गतेसम्म हुने उक्त महायज्ञ भागवत रसिक अरविन्द शास्त्री जि महाराजबाट वाचन हुनेछ । श्रीमदभागवत तथा गौ संरक्षण केन्द्रका प्रमुख तथा रसिक अरविन्द शास्त्री महाराजले महायज्ञमा एकैसाथ २७ श्रीमद्भागवत पाठपारायण ब्राम्हणहरुबाट हुने जानकारी दिए ।

स्वर्णिम श्रीमद भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ मुल समारोहका सदस्य सिताराम बरालले धर्म, संस्कृति, चाडपर्व, हिन्दुधर्ममाथि हुने प्रहार, विसंगति र कुसंस्कारको अन्त्य गर्ने उद्देस्यकासाथ महायज्ञ सुरु गर्न लागिएको जानकारी दिए ।

रसिक श्री अरविन्द शास्त्री महाराजले महायज्ञमा चैत आठ गते कथा प्रवचनकासाथै वसुदेव विवाह तथा कृष्णजन्मको झाँकी प्रस्तुति गरिने, चैत ११ गते २७ लाख दिप प्रज्वलन र १२ गते तिल अर्चना, पूर्णावती, सामूहिक ब्रतबन्ध लगायतका कार्य गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री