शुक्रबार, १४ वैशाख २०८१

सान्जेन जलविद्युतको काम तीन महिनादेखि ठप्प, ठेकेदार र सहायक ठेकेदारबीच यस्तो विवाद

समयपोष्ट २०७४ फागुन २९ गते ६:५९

रसुवास्थित पार्वतीकुण्ड गाँउपालिकामा निर्माणधिन ४२ दशमलव ५ मेगावटको सान्जेन जलविद्युत कम्पनी पावर हाउसको निर्माण कार्य तीन महिनादेखि रोकिएको छ ।

Advertisement

सान्जेन जलविद्युत कम्पनीसंग निर्माणकार्य पुरा गर्ने सम्झौता गरेको भारतीय कम्पनी एसईएमले निर्माणको जिम्मा लिएपनि उक्त कम्पनीले काम नगरी हिमाल हाइड्रोलाई निर्माण कार्यको जिम्मा दिएको थियो ।

तल्लो सान्जेन जलविद्युतको पावर हाउस निर्माणका प्रोजेक्ट प्रमुख गणेश केसीले कम्पनीको पावर निर्माणको काम विगत तीन महिनादेखि रोकिएको जानकारी दिए ।
पावरहाउसको काम रोकिदा समयमै काम सक्न चुनौति देखिने भन्दै प्रोजेक्ट प्रमुख केसीले काम सुचारु गर्नको लागि सान्जेनले जलविद्युत कम्पनीले सम्झौता गरेको भारतीय कम्पनी एसईएमललाई ताकेता गरिने बताए । कम्पनीका प्रमुख केसीले सान्जेन कम्पनीले एसइएमसंग सम्झौता गरेको भन्दै हिमाल हाइड्रो लगायत अन्य कम्पनीसंग सान्जेन जलविद्युत कम्पनीको कुनै सरोकार नरहेको प्रष्ट पारे ।

सान्जेन जलविद्युत कम्पनीसंग हाइड्रोपावर निर्माणको जिम्मा भारतीय कम्पनी एसईएम र नेपालको तुँन्दी कन्स्ट्रक्सन कम्पनीले पाएका थिए । तुँन्दी कन्स्ट्रक्सनले आफै काम गरीरहेको छ भने भारतीय कम्पनीले दुइ दशमलब पाँच प्रतिशत कमिशन लिएर हिमाल हाइड्रोलाई सम्र्पूण काम गर्ने जिम्मा दिएको थियो ।

हिमाल हाइड्रोका महाप्रबन्धक दीपक अग्रवालले गत पुस महिनादेखि सान्जेन जलविद्युत कम्पनी पावर हाउसको काम ठप्प भएको जानकारी दिदै अब केही समयभित्रै काम सुरु गर्ने जानकारी दिए ।

हिमाल हाइड्रोले पावर हाउस निर्माणको जिम्मा दिएको गोमा एचजी कन्स्ट्रक्सनले विगत तीन महिनादेखि काम नगरेकोले त्यसलाई हटाएर नयाँ कन्स्ट्रक्सन तोक्ने कार्य भइरहेको भन्दै केहीसमयदेखि नै पावरहाउस निर्माणको काम अघि बढ्ने जानकारी दिए ।

उनले तीन महिनादेखि काम नगरेको कारण देखाउँदै गोमा एचजी कन्स्ट्रक्सनलाइ स्पस्टिकरण सोधेर नयाँ कम्पनीलाई काम दिने वित्तिकै पावरहाउस निर्माणको कामले तिब्रता पाउने जानकारी दिए ।

यता गोमा एचजी कन्स्ट्रक्सनका प्रमुख श्याम घिसिङ्कले हिमाल हाइड्रो पावरले भुक्तानी रोकेको कारण पावरहाउस निर्माण कार्य रोकिन पुगेको जानकारी दिए । हामीले ३५ प्रतिशत काम पुरा गरीसकेका छौ, घिसिङ्गले भने,“हिमाल हाइड्रोले सम्पन्न भएको कामको एक करोड छ लाख रुपैया नदिएको कारण थप काम गर्न सकिएको छैन ।” घिसिङ्कले रकम भुक्तानी नभएका कारण मजदुरहरुलाई पारिश्रमिक समेत दिन नपाएको गुनासो गरे ।

हिमाल हाइड्रोले सान्जेन कम्पनीको पावर हाउस निर्माणको जिम्मा गोमा एचजी कन्स्ट्रक्सन कम्पनीलाई १० कारोड ५७ लाख रुपैयाँमा जिम्मा दिएको थियो । पावर हाउस निर्माणमा भारतीय कम्पनी एसइएमले रकम भुक्तानी दिएपनि र हिमाल हाइड्रोले भुक्तानी रोक्दा निर्माण कार्य रोकिएको घिसिङ्कको भनाई छ ।

भारतीय कम्पनी एसइएमले हिमाल हाइड्रो संग सम्झौता गरेको छ भने हिमाल हाइड्रोले गोमा एचजी कन्स्ट्रक्सनसंग सम्झौता गरेको थियो । सान्जेन जलविद्युत आयोजनाका प्रोजेक्ट प्रमुख गणेश केसीले पावरहाउसको काम रोकिदा समयमै काम सम्पन्न हुन नसक्ने भन्दै भारतीय निर्माण कम्पनी एसईएम लाई कारबाही गरिने जानकारी दिए । केसीले सान्जेन जलविद्युत कम्पनीको सम्र्पूण काम २०७५ माघ एक गतेसम्ममाम पुरा गरिसक्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री