शुक्रबार, १६ चैत २०८०

ट्रक सडकमा पल्टियो, बिपी राजमार्ग अवरुद्ध

समयपोष्ट २०७४ फागुन २९ गते ७:२२

बिपी राजमार्गमा ट्रक पल्टँदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

Advertisement

सुनकोशी गाउँपालिका–६ चैनपुरमा खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । गए राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएका छ ।

बिहानैदेखि राजमार्ग पुनःसञ्चालन गर्न प्रयास गरिए पनि हुन नसकेको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिनुभयो ।

सिन्धुलीलगायत तराईका जिल्लाबाट राजधानी र राजधानीबाट बिपी राजमार्ग हुँदै पहाडी तथा तराईका जिल्लामा हिँडेका सवारी अहिले सुनकोशी गाउँपालिकामा रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले राजमार्ग भएर गन्तव्यतर्फ हिँडेका सवारी साधनलाई वैकल्पिक सडकबाट पठाउने कार्य भइरहेको बताउनुभयो । खहरेबाट सवारी साधनलाई एकातर्फ मात्र आवागमन गराइएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री