शुक्रबार, १६ चैत २०८०

प्रधानन्‍यायाधीश गोपाल पराजुलीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ लिने

समयपोष्ट २०७४ फागुन २९ गते १६:३३

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

Advertisement

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी आजै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री