शनिबार, १५ वैशाख २०८१

प्राईम लाईफ इन्स्योरेन्सकाे बोनसपछिको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ फागुन ३० गते ५:०९

प्राईम लाईफ इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन भएको छ । कम्पनीकाे बुधबार १२.५० प्रतिशत बोनसपछिकाे सेयरमूल्य समायोजन भएको हो । नेप्सेले १२.५० प्रतिशत बोनसपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५१ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।

Advertisement

यहि मूल्यलाई आधार मानेर कम्पनीको बुधबार सेयर कारोबार सुचारु हुनेछ । जसको १८० दिनको सेयर कारोकारोबारका आधारमा औसत आधारमूल्य ७२६ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

कम्पनीले फागुन ३० गते बाेनस वितरण गर्न बुकक्लोज गरेकाे हाे । यसअनुसार २९ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् । इन्स्योरेन्सले चैत १४ गते बुधबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँको १२.५ प्रतिशतले हुने १९ लाख ८३ हजार १५० कित्ता सेयर वितरण गर्ने प्रस्ताव पारित गर्देछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री