बिहीबार, १५ चैत २०८०

चालक तथा सह-चालकको लागि यसकारण तोकिदैँ ड्रेस, केही परिवर्तन आउँला ?

समयपोष्ट २०७४ फागुन ३० गते ६:०१

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीका चालक तथा सह-चालकको लागि विशेष पोशाकको ब्यवस्था गर्ने तयारी गरेको छ ।

Advertisement

चालक तथा सह-चालकलाई अनुशासित पेशाप्रति मर्यादित र जिम्मेवार बनाउँन यस्तो ब्यवस्था गर्न लागेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले सुरुमा उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीका चालक तथा सह-चालकले विशेष पोशाकको ब्यवस्था गर्नेछ । जसअनुसार आगामी चैत ६ गतेदेखि उपत्यकाभित्र गुड्ने माइक्रो बसका चालक तथा सह-चालकले विशेष पोशाक लगाउन थाल्ने छन् ।

त्यसपछि भने यो व्यवस्थालाई क्रमैसँग बाहिरी जिल्लामा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चैतको ६ गतेबाट माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्म तोक्ने विषयमा सहमति जनाइसकेको महाशाखाले जनाएको छ ।

पोशाकको व्यवस्था भने यातायात मजदुरलाई व्यवसायीहरुले आफ्नै खर्चमा गर्नेछन् । उपत्यकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि अरु बससहित ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री