शुक्रबार, १४ वैशाख २०८१

सनराइज बैंकमा बचत खाता हुनेहरुको लागि अव स्वास्थ उपचार बीमा

समयपोष्ट २०७४ फागुन ३० गते १२:०४

सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुलार्इ खाता खोलेको पहिलो दिनदेखिनै स्वास्थ उपचार बीमा सुविधा प्रदान गर्ने भएको छ।

Advertisement

स्वास्थ बीमाको लागि बैंकले बुधबार शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरे।

सम्झौतापत्रमा बैंकका बचतकर्ताले अस्पताल भर्ना भर्इ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा एक लाख रुपैयाँ वा वचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत भन्दा नबढ्ने गरी दाबी गर्न पाउने रहेको छ।

बैंकले स्थापनाकाल देखिनै आप्ना बचत खाताका ग्राहकहरुको लागि सामुहिक दुर्घटना बीमाको सेवा प्रदान गर्दै आएको छ। बैंकले दुर्घटनामा परेका बचतकर्ताको मृत्यु भएमा वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बा बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न पाउने व्यवस्था गर्दै आएको छ। यो सम्झौतासँगै बैंकका बचत खाताका ग्राहकले दुर्घटना र स्वास्थ बीमा पाउने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री