सिन्धुपाल्चोकको पाँच विकट स्थानमा टेलिकमको जिएसएम सेवा विस्तार
समयपोष्ट
२०७४ चैत १ गते ४:५१
नेपाल टेलिकमले सिन्धुपाल्चोकको विकट ठाउँमा जिएसएम सेवा विस्तार गरेको छ ।
टेलिकमले बुधबारदेखि सिन्धुपाल्चोकको मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीमा जिएसएम सेवा सुरु गरेको हो ।
यसभेगका चार हजार सर्वसाधरणले टेलिकमको भ्वाइस सेवा र डाटा सेवा लिनसक्ने टेलिकमले बताएको छ ।
बाह्रबिसेको गति मान्द्रामा जिएसएम टावर राखिएको टेलिकमले बताएको छ । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ स्थानबाट १५ किलोमीटरको दुरीमा रहेको छ ।
प्रतिक्रिया