शुक्रबार, १६ चैत २०८०

सेञ्चुरी बैंकको सिईओमा तुलसीराम गौतम नियुक्त

समयपोष्ट २०७४ चैत १ गते ५:५५

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । बैशाख १९ गतेबाट लागू हुने गरि गौतम बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

Advertisement

गौतमसँग १० वर्ष नेपाल एसबिआइ बैंकमा काम गरेको अनुभव छ। ३६ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनले तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए । एसबिआइपछि उनले माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएर चार बर्ष काम गरेका थिए ।

माछापुच्छ्रे छाडेपछि निक्कै समय खाली भएका उनी तीन महिना अघि मात्र इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री