बिहीबार, १३ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकको ‘ब्राण्ड एम्बेसडर’ धुर्मुस सुन्तली

समयपोष्ट २०७४ चैत १ गते ६:०६

मुक्तिनाथ विकास बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) नियुक्त भएका छन् ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपालका चर्चित कलाकार जोडी धुर्मुस र सुन्तलीको कलाकारिता तथा उनीहरुले सामाजिक क्षेत्रमा पुर्याएको योगदानकारण बैंकले ब्राण्ड एम्बेसडर चयन गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

दुबै पक्षले सामाजिक उत्तरदायित्वका कामहरु मिलेर गर्नका लागि सहकार्य भएको बैंकले जनाएको छ । आगामी दिनमा आफ्नो जोडीले मुक्तिनाथ विकास बैंकसँग सहकार्य गर्ने सिताराम कट्टेल धुर्मुसले बताए।

मुक्तिनाथ विकास बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनात्मक क्रियाकलाप, सामाग्रीहरुको प्रचार तथा बैंकको कार्यक्रमहरुमा धुर्मुस र सुन्तलीलाई उपस्थित गराउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री