बिहीबार, १३ वैशाख २०८१

शेयर बजार २.२४ अंकले बढ्यो, नेपाल बैंक र जनता बैंकको शेयरमा लगानीकर्ताको आर्कषण

समयपोष्ट २०७४ चैत १ गते १२:००

साताको अन्तिम दिन बिहिबार शेयर बजार २.२४ अंकले बढेर १२८८.३६ को बिन्दुमा पुगेर रोकिएको छ ।

Advertisement

बिहिबार कारोबारमा आएका १ सय ५१ कम्पनीका ६ लाख २५ हजार ४ सय ६७ कित्ता शेयर कारोबार बाट २३ करोड ३७ लाख ९४ हजार ३ सय १४ रुपियाँको कारोबार भएको छ ।

आज उत्पादन बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज नबिल बैंक लिमिटेडको सबै भन्दा धेरै १ करोड ५४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायत रहेका छन् ।

आज सोल्टी होटेलका लगानीकर्ताले सर्बाधिक ४.९२ प्रतिशत कमाएका छन् भने सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्बाधिक ३.६० प्रतिशत गुमाएका छन् । आज नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै ४७ हजार ६ सय २६ कित्ता शेयर तथा जनता बैंकको ४० हजार ३ सय ३३ कित्ता शेयर कारोबार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री